Advertisement Ad

फिदिममा रेबिज संक्रमित कुकुर आतंक : सतर्क रहन नगरपालिकाको आग्रह

Advertisement Ad

१० साउन २०८०, पाँचथर । सदरमुकाम फिदिम बजार र आसपास क्षेत्रमा रेबिज संक्रमित कुकुरको आतंक फैलिएको छ ।

गत असार अन्तिम साता फिदिम बजारको विभिन्न क्षेत्रमा बौलाहा कुकुरले करीब १३ जनालाई टोकेको थियो । उक्त कुकुरको नियन्त्रणको क्रममा मृत्यु भएको थियो । तर, ल्याब परिक्षणका क्रममा उक्त कुकुरमा रेबिज रोगको संक्रमण पुष्टि भएको छ ।

अहिले पनि फिदिम बजार र आसपास क्षेत्रमा रेबिज रोगसँग मिल्दोजुल्दो लक्षण भएका कुकुरहरु देखिने गरेका छन् । केहि मानिसलाई टोकेको समेत जानकारी प्राप्त भएकाले फिदिम नगरपालिकाले एक सूचना जारी गर्दै सतर्कता अपनाउन सर्वसाधरणलाई आग्रह गरेको छ ।

नगरपालिकाले घरबाहिर हिंडडुल गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरेको हो । घरपालुवा कुकुरहरुमा रेबिज बिरुद्धको खोप लगाई घरैमा बाँधेर राख्न र शंकास्पद कुकुरले टोकीहालेमा १५ मिनेटभित्रै साबुनपानीले सफा गरी अस्पतालमा देखाउन आग्रह गरिएको छ ।

शंकास्पद कुकुर भेटिए तत्काल फिदिम नगरपालिकाको कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउन समेत नगरपालिकाले आग्रह गरेको छ ।

हेर्नुहोस, नगरपालिकाको सूचना :