Advertisement Ad

‘थिम्’ को हङकङमा प्रिमियर शो हुने

Advertisement Ad

११ साउन २०८०, पाँचथर । लिम्बू कथानक चलचित्र ‘थिम्’ को हङकङमा प्रिमियर शो हुने भएको छ ।

अगस्त २७ साँझ साँढे ६ बजे जोर्डनस्थित याउ मा तेइ कम्युनिटी हलमा ‘थिम्’ को प्रिमियर शो हुने बताइएको छ । चुम्लुङहिम जोर्डनमा आयोजित एक कार्यक्रममा चलचित्र ‘थिम्’ को हङकङ प्रदर्शनबारे जानकारी दिइएको हो ।

सो अवशरमा चलचित्रका निर्देशक यलम्बर खम्बु सहित नायिका बबिता फोम्बो, निशाम तुम्बापो र सुक्मिता केरुङको समेत सहभागिता रहने चलचित्र प्रदर्शन टिमले जनाएको छ । ‘थिम्’ को प्रदर्शनलाई भब्य बनाउने तयारी रहेको चलचित्र निर्देशक तथा कलाकार मौसम इम्बुङ (फुलेन्देको बाउ) ले बताए ।

याक्थुङ फिल्म्स प्रा.लि.को ब्यानरमा यलम्बर खम्बुको निर्देशन तथा निदेश माङ्मुको मूख्य सहनिर्देशन रहेको ‘थिम्’ को स्क्रिप्ट सागर केरुङले लेखेका हुन् । चलचित्रमा सागर केरुङ, बबिता फोम्बो, निशाम तुम्बापोलाई शीर्ष भूमिकामा देख्न सकिनेछ ।

चलचित्रले याक्थुङ (लिम्बू) समाजको कला, संस्कार र संस्कृतिलाई उजागर गरेको निर्देशक खम्बुले बताएका छन् । टप माउन्टेन तेक्वान्दो एसोसिएशनको प्रस्तुतीमा भोज राज साम्बा लिम्बू र ओम गुरुङको आयोजनामा ‘थिम्’ को प्रिमियर शो गर्न लागिएको हो ।