Advertisement Ad

पाँचथरमा भ्रष्टाचार विरुद्ध हस्ताक्षर अभियान

Advertisement Ad

११ साउन २०८०, पाँचथर । अनेरास्ववियू (क्रान्तिकारी) पाँचथरद्वारा बिहिवार पाँचथर बहुमुखी क्याम्पसमा सरकारको भ्रष्टाचार विरुद्धको अभियानको समर्थनका लागि हस्ताक्षर कार्यक्रम आयोजना गरिएको छ।

हस्ताक्षर कार्यक्रममा अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य चन्द्र माङ्मु र केन्द्रीय सदस्य सुर्य बेघाले हस्ताक्षर गरि अभियानको सुरु गरेका थिए । सरकारको भ्रष्टाचार विरुद्धको अभियानलाई प्रोत्साहन गर्न अनेरास्ववियू (क्रान्तिकारी) ले देशैभरी हस्ताक्षर अभियानको आयोजना गरेको अनेरास्ववियू (क्रान्तिकारी) पाँचथरका अध्यक्ष सन्दिप तुम्रोकले बताए ।

बिहिवार सम्पन्न हस्ताक्षर कार्यक्रममा पाँचथर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी, शिक्षक र उपस्थितले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रमलाई शुक्रबार पुनः फिदिमको गणतन्त्र चोकमा सञ्चालन गरिने अध्यक्ष तुम्रोकले बताए ।