Advertisement Ad

नेकपा (माओवादी केन्द्र) फाल्गुनन्द -४ वडा कमिटिको श्रम अभियानबाट सडक मर्मत

Advertisement Ad

३ भदौ, २०८१ पाँचथर । नेकपा (माओवादी केन्द्र) फाल्गुनन्द गाउँपालिका -४ वडा कमिटिको आयोजनामा श्रमदान मार्फत सडक मर्मत गरिएको छ ।

सोमबार राँके – गेलिभञ्ज्याङ – फाक्तेप कोल्वुङ आङसराङ मेहेलवोटे यासोक कृषी सडकको चिलिङदिन हेलाङ खण्डमा करिव १६ घ.मी. सडक सोलिङ गरिएको फाल्गुनन्द गाउँपालिका -४ का वडाध्यक्ष दल वहादुर नेम्वाङले बताए । उक्त श्रम अभियानमा पार्टीका प्रदेश कमिटी सदस्य ठाकुर सिं नेम्वाङ फा.गा.पा.-४ का वडा अध्यक्ष दल वहादुर नेम्वाङ लगायत पार्टीका नेता स्थानीयको उपस्तिथि रहेको थियो ।

आफनो गाउँघरको सडकको स्तरउन्नतिका लागि आफुले गर्न सक्ने आफै गरौं भन्ने सोचका साथ श्रमदानको आयोजना गरिएको नेकपा (माओवादी केन्द) प्रदेश कमिटी सदस्य ठाकुरसिङ नेम्बाङले बताए ।