Advertisement Ad

डेङगु नियन्त्रणका लागि फिदिम नगर किटनाशक औसधि छर्किदै 

Advertisement Ad

२७ भदौ, २०८१ पाँचथर । फिदिम नगरपालिकाले डेङगु संक्रमण नियन्त्रणका लागि बजार परिसरमा  किटनाशक औसधि छर्किरहेको छ ।

बुधबारदेखि फिदिम नगरले फिदिम बजारको विभिन्न स्थानमा औसधि छर्केको हो । बड्दो डेङगु संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै यसको नियन्त्रणका लागि किटनाशक औसधि छर्किन थालेको फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपानेले बताए । डेङगु संक्रमणबाट नागरिक संक्रमित हुन नपरोस भनेर समय-समयमा नगरले यस्ता गतिविधि गरिरहेको न्यौपानेले बताए ।

डेङगु नियन्त्रणका लागि नगरले फिदिम बजार परिसर, जोर्साल, पल्लोटार लगायतका क्षेत्रमा औसधि छर्किरहेको छ ।