Advertisement Ad

Advertisement Ad

पहिलोपल्ट तिम्बुङ ट्रेल रन आयोजना

२६ भदौ २०८१, पाँचथर। हिमाली क्षेत्र तिम्बुङ पोखरीमा पहिलोपल्ट तिम्बुङ ट्रेल रन आयोजना भएको छ।

पाँचथर–ताप्लेजुङ सिमानामा रहेको मुन्धुमीस्थल एवंम् प्रशिद्ध तीर्थस्थल तिम्बुङ पोखरीबाट ७ दशमलव ८ किलोमिटर तलसम्म डौडमा सहभागि धावक डौडिएका थिए। डौडमा ३० जना धावकले सहभागिता जनाएका थिए।

डौडमा पाँचथरको फिदिम नगरपालिका–१४ का बिशाल राई प्रथम भए। उनले निर्धारित दूरी ३३ मिनेट २१ सेकेण्डमा पार गरेका थिए। भारतको सिक्किमका पिङ्सो नाम्ग्याल द्वितीय भए। उनले ३६ मिनेट ७ सेकेण्डमा निर्धारित दूरी पार गरे। उनीभन्दा केही सेकेण्ड ढिला निर्धारित दूरी पार गरेका भरत बानियाँ त्रितीय बने।

डौडमा अर्जुन बेघा, दिपक बानियाँ, बिमल राई, हरि भण्डारी, लाल बहादुर अधिकारी, युनिश लिम्बू र दिपक राई क्रमशः चौंथो, पाँचौं, छैठौं, सातौं, आठौं, नवौं र दशौं भए।

डौडमा प्रथम, द्वितीय र त्रितीय हुनेले क्रमशः नगद ३० हजार, २० हजार र १० हजार रुपैंयाँ सहित प्रमाण–पत्र र ट्रफि प्राप्त गरे। महिला धावकहरुमध्ये सबैभन्दा छिटो निर्धारित दूरी पार गर्ने पाँचथर फाल्गुनन्दकी निक्कि नेम्बाङले नगद १० हजार रुपैंयाँ प्राप्त गरिन।

४ हजार ३ सय ३५ मिटर उचाइको पूर्वकै प्रशिद्ध पर्यटकीय क्षेत्र तिम्बुङ पोखरी क्षेत्र (इवानागी) को पर्यटन प्रबद्र्धनका लागि यो साहसिक डौड आयोजना गरिएको तिम्बुङ पोखरी संरक्षण समितिका अध्यक्ष याम बहादुर बानियाँले बताए।

जेठ महिनादेखि भदौ सम्म तिम्बुङ तीर्थयात्राको सिजन हो। पछिल्ला बर्षहरुमा तिम्बुङ तीर्थयात्रामा निस्कनेहरुको संख्यामा उल्लेख्य बृद्धि भएको बताइएको छ।