Advertisement Ad

Advertisement Ad

पाँचथर एफसी र इलाम एफसी रानीटारमा जारी फुटवल प्रतियोगिताको फाइनलमा

राम प्रसाद बाँस्कोटा

२८ भदौ २०८१, पाँचथर। फिदिम नगरपालिका रानीटारस्थित बराजु  रंगशालामा  जारी नकआउट फुटवल प्रतियोगिता अन्तरगत तेस्रोदिन शुक्रबार सम्पन्न पहिलो खेलमा  देउमाई  फुटवल क्लव इलामलाई  गोलका विरुद्ध गोलले पराजीत गर्दै पाँचथर फुटवल क्लवफाइनलमा प्रवेश गरेको छ।

यसैगरी शुक्रबार सम्पन्न दोस्रो खेलमा साखेजुङ खेलकुद विकास संस्था इलामलाई गोलका विरुद्ध   गोलले पराजीत गर्दै इलामफुटवल क्लव  फाइनलमा प्रवेश गरेको शनिबार फाइनल खेल पाँचथर फुटवल  क्लव फिदिम     इलाम  फुटवल क्लव बीच हुनेभएको  छ।

रानीटार यूनाइटेड क्लवले आयोजना गरेको सो कार्यक्रमको अन्तिम दिन २९ गते विभिन्न जातजातीको झाँकि सहित रोपाइ जात्रा समेतदेखाइने कार्यक्रम रहेको आयोजक संस्थाका अध्यक्ष टंक बहादुर गुरुङले  जानकारी दिए।

फुटवल प्रतियोगिताको विजेता उपविजेता टिमले क्रमशः नगद लाख सय रुपैंयाँ ५१ हजार रुपैंयाँ सहित ट्रफि, मेडल प्रमाणपत्र पत्र पाउने छन्।

प्रतियोगितामा पाँचथर, इलाम झापाका गरी आठ टिमको सहभागिता रहेको थियो। रानीटारमा बर्षेनी लाग्दै आएको भदौरे जात्रा  अर्थात् हिले जात्राका रूपमा भदौ गतेका दिन रानीटार माविको  खेलमैदानमा लाग्थ्यो भने बीचमा केही बर्ष स्थगन भएर पुनः बराजुरंगशालामा केही बर्ष अघि देखि संचालन हुदै आएको छ।