Advertisement Ad

याक्थुङ युवा मञ्चको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा आसमति साम्सोहाङ निर्वाचित

Advertisement Ad

काठमाडौ – २९ भदौ २०८१ शनिबार ।
याक्थुङ युवा मञ्च भक्तपुरको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार सुर्यविनायक नगरपालिका ५ कटुन्जेमा सम्पन्न अधिवेशनले आसमती साम्सोहाङ्लाई अध्यक्षमा निर्वाचित गराएको छ । उपाध्यक्ष सरोज लिम्बु, सचीव प्रकाश थलङ, सहसचिव लाजिमा परा लिम्बू, कोषाध्यक्षमा इन्द्रकला सम्बाहाम्फे लाई निर्वाचित गरेको छ भने सदस्यहरुमा हिमशिखा इङ्नाम, रविन लिबाङ, सामिक्ला थाम्सुहाङ, सुजन लिम्बू, भावना लिबाङ, रमा लावती, कृति चोङ्बाङ, कुसुम सम्बाहाम्फे, खेमराज सम्बाहाम्फे, रुद्र सम्बाहाम्फे र बसुन्धरा चोङ्बाङ निर्वाचित भएका छन । उक्त अधिवेशनले  राम तिल्लिङ लिम्बू, दिपेन्द्र आङ्देम्बे, र सुर्यकुमारी थेबेलाई सल्लाहकारमा मनोनयन गरेको छ । अधिवेशनमा प्रमुख अतिथी मञ्चका संघीय सल्लाहकार सागर केरुङ, कियाचु भक्तपुर अध्यक्ष सैन आङ्देम्बे, युवा मञ्च काठमाडौ अध्यक्ष असन योङ्हाङ लगायतले शुभकामना राखेका थिए ।