Advertisement Ad

Advertisement Ad

बुद्धराज लिम्बूको ‘हेरेको भन्दा’ भिडियोमा

२९ भदौ २०८१, पाँचथर। संगीतकार, गायक तथा गीतकार बुद्धराज लिम्बूको ‘हेरेको भन्दा’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ।

बुद्धराज लिम्बूको स्वर, शब्द, संगीत र एरेन्ज रहेको गीतको भिडियो बरदान प्रोडक्सन युट्युब च्यानलबाट हालै सार्वजनिक गरिएको हो। विवेक हाङसरुम्बा र जेसिका योङहाङको कोरियोग्राफ, ज्योति बेघा लिम्बूको श्रृङ्गार रहेको भिडियोको छायाङ्कन तथा सम्पादन बरदान लिम्बू इङ्वाले गरेका छन्।

भिडियोमा खेसेमी थाम्सुहाङ, स्तुती तामाङ, अनुष्का पौडेल, करुणा मगर, नाम्बिन केरुङ, सेमिका लिम्बू, फुङ्सा केरुङ, उत्तम राई, निमा गुरुङ, रियम राई, करिम लाओती, समुला लिम्बू, रयन मगर र बिपन कालिकोटेको अभिनय हेर्न सकिन्छ।

भिडियो हेर्नुहोसः