Advertisement Ad

फिदिम नगर र थाङ्साङ क्लवको सहकार्यमा सरसफाइ अभियान

Advertisement Ad

२९ भदौ, २०८१ पाँचथर । फिदिम नगरपालिका र थाङ्साङ क्लवको सहकार्यमा फिदिम १ स्थित माथिल्लो गाउँमा सरसफाइ अभियान सञ्चालन गरिएको छ ।


शनिबार फिदिम नगरपालिकाको स्वास्थ्य शाखा अन्तर्गत डेङगि लगायत किटजन्य रोग नियन्त्रणका लागि फिदिम १ स्थित नेपाल पत्रकार महासङको कार्यलयदेखि आर्मी क्याम्प साम्देन सम्म सरसफाइ तथा किटनाशक औसधि छर्किइएको हो । थाङ्साङ क्लबले उक्त स्थानमा बिगत लामो समयदेखि समय-समयमा सरसफाइ गर्दै आएको थियो ।


फिदिम नगरपालिकाले डेङगु रोगकाको बिरुद्धमा १५ दिने औसधि छर्किने कार्यक्रम नगरको स्वास्थ्य शाखा अन्तर्गत सन्चालन गरिरहेको फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपाने बताए । सोही कार्यक्रम अन्तर्गत थाङ्साङ क्लबको सरसफाइ अभियानसँग सहकार्य गरेर माथिल्लो गाउँमा सरसफाइ तथा किटनासक औसधि छर्किने काम गरिएको न्यौपानेले बताए । फिदिम बजारमा डेङगु रोगको संक्रमण बड्दै गएपछि नगरले फिदिम नगरपालिका भित्रका सबै बजार क्षेत्रमा सरसफाइ तथा किटनासक औसधि छर्किने अभियान सन्चालन गरिरहेको न्यौपानेले बताए ।


थाङ्साङ क्लबले बिगत लामो समयदेखि सार्वजनिक स्थल, देबस्थान र सडक सरसफाइ साथै वृक्षरोपण जस्ता गतिविधि गरिरहेको थाङ्साङ क्लबका अध्यक्ष मणि नेम्बाङले बताए । यसपटक नगरपालिकासँगको सहकार्यमा सरसफाई अभियान सन्चालन गर्न सहज भएको नेम्बाङले बताए ।