Advertisement Ad

फिदिम नगरपालिकाले सुरु गर्यो डेंगु नियन्त्रण अभियान

Advertisement Ad

१४ साउन २०८०, पाँचथर । फिदिम नगरपालिकामा डेंगु नियन्त्रणका लागि डेंगु संक्रमण गराउने लामखुट्टेको लार्भा नष्ट गर्ने तथा जनचेतना अभिबृद्धि अभियान सुरु भएको छ ।

आइतबार फिदिम बजारको फाल्गुनन्द चोकस्थित शिवालय मन्दिर परिषरबाट अभियानको सुरुवात गरिएको हो । अभियान अन्तर्गत मन्दिर परिषरमा सरसफाई गरिनुका साथै बिषादी छर्किने काम गरिएको थियो ।

महामारीकै रुपमा फैलिरहेको डेंगु पाँचथरमा समेत देखिएकाले सचेतना अभिबृद्धि गर्न अभियान सुरु गरिएको फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपानेले बताए । अभियान अन्तर्गत डेंगु सम्बन्धी जनचेतनामलक पर्चा पनि बाडिएको थियो ।

साउन महिनामा मात्र पाँचथरमा ४ जनामा डेंगु संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी नारायण जोशीले जानकारी दिएका छन् ।

तस्विरहरु : दुर्गा खनाल