Advertisement Ad

आफ्नै घरमा आगो लगाउने तेह्रथुम सुदापका एक युवा प्रहरी नियन्त्रणमा

Advertisement Ad

१४ साउन २०८०, पाँचथर । आफ्नै घरमा आगो लगाउने तेह्रथुम छथर गाउँपालिका–६, सुदापका एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा २८ बर्षीय भानु बस्नेत रहेका छन् । उनले घरायसी बिवादपछि शनिबार राती आफ्नै घरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका इन्पेक्टर छिपिन्जो भोटेले जानकारी दिए ।

राती ११ बजे घरमा आगो लगाएर फरार भएका बस्नेतलाई आइतबार बिहान स्थानीय चप्परीचोकबाट पक्राउ गरिएको छथर गाउँपालिका ६ नं.वडाका वडा अध्यक्ष महेन्द्र मादेनले बताए ।

आगलागीमा परी तीन वटा गाई, दश वटा बाख्रा लत्ताकपडा, भाँडाकुडा, अन्नपात जलेर नष्ट हुँदा ३० लाख रुपैंयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । परिवारका सबैलाई मारिदिने धम्कि दिएका उनले सबै सुतेको मौका पारी घरमा आगो लगाएका थिए ।