Advertisement Ad

पाँचथरमा ट्रिपर दुर्घटना : दुई जना घाइते, एकको अवस्था गम्भीर

Advertisement Ad

१४ साउन २०८०, पाँचथर । मेची राजमार्ग अन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–७, भारपामा आइतबार बिहान ११ बजे ट्रिपर दुर्घटना भएको छ ।

दुर्घटनामा परी दुई जना घाइते भएका छन् । घाइते हुनेमा ट्रिपर चालक भोजपुर षडानन्द नगरपालिका–१३, का रिनछिरिङ तामाङ र सहचालक संखुवासभा घर भएका बिक्रम तामाङ रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये बिक्रमको अवस्था गम्भीर रहेको बताइएको छ । जोरपोखरी बजारबाट सदरमुकाम फिदिमतर्फ आउदै गरेको प्र–०१–०२००१ क ३८७४ नं.को ट्रिपर ब्रेकफेल भएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख कुल बहादुर बुडाथोकीले बताए ।

घाइते दुबै जनालाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर ल्याइएको छ ।