Advertisement Ad

३० हजार लौठ सल्लाका बिरुवा निशुल्क वितरण

Advertisement Ad

जीपी अधिकारी

१४ साउन २०८०, पाँचथर । फालेलुङ गाउँपालिका–४, तालखर्कका देउप्रकाश तामाङले ३० हजार बोट लौठ सल्लाका बिरुवा निशुल्क वितरण गरेका छन् ।

तामाङले आफ्नै नर्सरीबाट एक लाख ५० हजार रुपैंयाँ पर्ने विरुवा निशुल्क वितरण गरेका हुन् । उनले एक कार्यक्रमको आयोजना गरी फालेलुङ गाउँपालिकाका बिद्यालय, गुम्बा, मन्दिर, चर्च लगायतलाई बिरुवा वितरण गरेका हुन् ।

फालेलुङ–४, का वडा सदस्य मैतवीर जबेगु, नेपाली कांग्रेस पाँचथरका सदस्य गणेश थाम्सुहाङ लगायतको उपस्थितिमा तामाङले आफ्नै नर्सरीको विरुवा निशुल्क वितरण गरेका हुन् ।