Advertisement Ad

आलु जोन संचालन समन्वय समिती पाँचथरको अध्यक्षमा नेम्बाङ

Advertisement Ad

३१ भदौ, २०८१ पाँचथर । पाँचथरको फिदिममा सोमबार आयोजित एक कार्यक्रमका वीच प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई ताप्लेजुङ प्राविधिक इकाई आलु जोन संचालन समन्वय समिती गठन गरिएको छ ।
इन्द्र कुमार नेम्बाङको अध्यक्षतामा ९ कार्य समिति गठन गरिएको छ ।
नवगठित समितीको सदस्यहरुमा चन्द्रमाँया बोहोरा,सर्मिला रैका,लक्की शेर्पा,खगेन्द्र बस्नेत,भूपाल तामाङ,भरत राई,उमन राई,दुर्गा नेम्बाङ रहनु भएको प्राविधिक इकाई पाँचथरका सूचना अधिकारी कैलाश न्यौपानेले बताउनुभयो ।
जिल्ला समन्वय समिती पाँचथरका प्रमुख रामराज आङदेम्बेको प्रमुख आतिथ्यता तथा कार्यालय प्रमुख काशिराम पाण्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
यसअघिको कार्य समितीको संयोजक धन कुमार तामाङ हुनुहुन्थ्यो । यस समितीको कार्याकाल २ वर्षको रहनेछ ।