Advertisement Ad

संविधान दिवसको अवसरमा फिदिम बजार परिसरमा सरफाई

Advertisement Ad

२ असोज, २०८१ पाँचथर । ‘संविधान दिवस २०८१‘ को अवसरमा फिदिम बजार परिसरमा सरसफाइ गरिएको छ ।


बुधबार फिदिम बजारको शनिबारे स्थित शिवालय मन्दिर देखि ठाडोलाईन हुँदै बिपि पार्कसम्म सरसफाइ गरिएको हो । सरसफाइ कार्यक्रमलाई फिदिम नगरपालिका र जिल्ला प्रहरी कार्यलय पाँचथरले आयोजना गरेको हो । सरसफाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद कोइराला, जिल्ला समन्वय समिती प्रमुख रामराज आङ्देम्बे, फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्ले, फिदिम नगरपालिका उपप्रमुख राधाकृष्ण न्यौपाने, पाँचथर प्रमुख प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्री लगायत शसस्त्र प्रहरी, ट्राफिक प्रहरी, फिदिम नगरपालिकाका कर्मचारीहरुको उपस्तिथि रहेको थियो ।


संविधान दिवस पाँचथरमा विविध कार्यक्रमको आयोजना गरि ३ दिन मनाईने प्रमुख जिल्ला अधिकार बिष्णु प्रसाद कोइरालाले बताउनुभयो ।