Advertisement Ad

रास्ट्रिय परिचयपत्र लुम्फाबुङ शिविरबाट ९२ वर्षिय आइतरानी सहित ७८ जना लाभान्वित

Advertisement Ad

४ असोज, २०८१ पाँचथर । फिदिम नगरपालिकाको समन्वयमा जिल्ला प्रशासन कार्यलय पाँचथरले फिदिम -९ लुम्फाबुङमा रास्ट्रिय परिचयपत्र शिविर सञ्चालन गरेको छ ।


बिहिवार फिदिम -९ को वडा कार्यालयमा जिल्ला प्रशासन कार्यलयको एक टोली परिचालन गरि शिविर सञ्चालन गरिएको हो । शिविरबाट ९२ वर्षिय आइतरानी लिम्बू सहित ७८ जनाले सेवा लिएको जिल्ला प्रशासन कार्यलय पाँचथरले जनाएको छ ।
लिम्बुलाई रास्ट्रिय परिचयपत्र बितरण गर्दै फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले नागरिकको सहजताका लागि जिल्ला प्रशासन कार्यलयको समन्वयमा शिविर सञ्चालन गरिएको बताए । जिल्लामा पुगेर रास्ट्रिय परिचयपत्र बनाउन वृद्ध-बृद्वा, जेष्ठ नागरिक र आम नागरिकलाई थुप्रै कठिनाई भोग्नुपर्ने बाध्यताको अन्त्यको लागि आवस्यकता अनुसार फिदिम नगरपालिकाको विभिन्न ठाँउमा जिल्ला प्रशासन कार्यलयको समन्वयमा शिविरको आयोजना गरिने काफ्लेले बताए ।


रास्ट्रिय परिचयपत्र प्राप्त गर्नुभएकी ९२ वर्षिय आइतरानी लिम्बुले वडाबाटै सेवा लिन पाउँदा आफुलाई धेरै सहज भएको अनुभव सुनाइन । रेडियोमा शिविरको सुचना सुनेर सेवा लिन आएका ६४ वर्षका सुर्यबहादुर सम्बाहाम्फेले वडाकार्यलयबाटै सेवा पाएपछि फिदिम सम्म पुग्ने खर्च बचेको बताए । शारीरिक रुपमा अशक्त दिपक घिमिरेको अविभावकले शिविरले सेवा लिन धेरै सहज भएको अनुभव सुनाए ।
शिविरबाट २१ महिला र २९ पुरुस गरि ५० जनालाई रास्टिय परिचयपत्र बितरण गरिएको छ । त्यस्तै १३ महिला र १५ पुरुष गरि २८ जनाको नयाँ रास्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गरिएको छ । पुराना रास्ट्रिय परिचयपत्र बितरण र नयाँ नाम दर्ता सहित ७८ जनाले शिविरबाट सेवा लिएको जिल्ला प्रशासन कार्यलय पाँचथरका कर्मचारी बिरेन्द्र भण्डारीले बताए ।