Advertisement Ad

तमोर नदीमा दुई शव भेटिए

Advertisement Ad

१३ असोज २०८१, पाँचथर। तमोर नदीमा आइतबार दुई वटा शव भेटिएका छन्।

तेह्रथुमको छथर गाउँपालिकास्थित तमोर नदीको शनिश्चरे भन्ने ठाउँमा महिलाको जस्तो देखिने शव फेला परेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका, प्रहरी निरीक्षक रोशन कामतीले बताए। घटनास्थलको मुचुल्का उठाउन इलाका प्रहरी कार्यालय वशन्तपुरबाट प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको प्रहरी निरीक्षक कामतीले जानकारी दिए।

त्यस्तै धनकुटाको साँगुरीगढी गाउँपालिका–७ स्थित तमोर नदी किनारामा पनि एक महिलाको शव भेटिएको हो। अन्दाजी ३० बर्षीया मंगोलियन अनुहार भएकी महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए। घटनास्थल मुचुल्का उठाई शवलाई पहिचानका लागि जिल्ला अस्पताल धनकुटाको शव गृहमा राखिएको छ।

दुबै शवको पहिचान खुलेको छैन। ती शव तमोर नदीमा माछा मार्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। ती शव छिमेकी जिल्लाबाट नदीले बगाएर ल्याएको आशंका गरिएको छ। शवको पहिचानका लागि छिमेकी जिल्ला पाँचथर र ताप्लेजुङमा खबर गरिएको बताइएको छ।