Advertisement Ad

पाँचथरको फालेलुङबाट सुत्केरी व्यथा लागेका दुई जनाको हेलिकप्टरबाट उद्धार

Advertisement Ad

१४ असोज २०८१, पाँचथर। जिल्लाको फालेलुङ गाउँपालिका–३ मा सुत्केरी व्यथा लागेका दुई जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

सुत्केरी व्यथाले लागेका फालेलुङ–३ की १८ बर्षीया भुमिका पन्त चौहान र ३० बर्षीया सुजा जबेगुको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । दुबै जनामा स्वास्थ्य समस्या देखिएको थियो ।

अबिरल बर्षासँगै आएको बाढी–पहिरोका कारण सडक क्षत विक्षत हुनुका साथै मोटरेवल पुल समेत बगेकाले सवारी साधन मार्फत् सुविधा सम्पन्न अस्पताल लैजान सम्भव नभएपछि उनीहरुको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

फालेलुङ गाउँपालिकाको केन्द्र थकेपुङबाट दिउँसो २ः५२ बजे उनीहरुलाई लिएर नेपाली सेनाको हेलिकप्टर उडेको फालेलुङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुरज कुमार पासवानले बताए । उनीहरुलाई काठमाडौंस्थित प्रसुती गृह लगिएको उनले बताए ।

उनीहरु दुबै जनामा स्वास्थ्य समस्या देखिएको र स्थानीय वर्थिङ सेन्टरमा प्रशुती गराउन सम्भव नदेखिएकाले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर हेलिकप्टरबाट उद्धार गरिएको हो ।