Advertisement Ad

फिदिमका किसानलाई ५० प्रतिशत अनुदानमा मिनिमिल र हाते ट्याक्टर वितरण

Advertisement Ad

५ भदौ २०८०, पाँचथर । फिदिम नगरपालिकाले नगर क्षेत्रभित्रका किसानलाई ५० प्रतिशत अनुदानमा मिनिमिल र हाटे ट्याक्टर वितरण गरेको छ ।

नगरपालिकाले ३० हजार रुपैंयाँ पर्ने मिनिमिल १५ हजार रुपैंयाँमा र ५० हजार रुपैंयाँ पर्ने हाते ट्याक्टर २५ हजार रुपैंयाँमा किसानलाई वितरण गरेको नगर प्रमुख मित्र प्रसाद काफ्लेले बताए । नगरपालिकाले ७० वटा मिनिमिल र २१८ वटा हाते ट्याक्टर वितरण गरेको हो ।

आर्थिक बर्ष २०७९/०८० को स्वीकृत कार्यक्रम मार्फत खरिद गरिएका सामग्री वितरण गरिएको उपमेयर राधाकृष्ण न्यौपानेले बताए ।