Advertisement Ad

पाँचथर मिक्लाजुङका एक व्यक्ति बालिका बलात्कारको आरोपमा पक्राउ

Advertisement Ad

६ भदौ २०८०, पाँचथर । फरक क्षमता भएकी बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्ने ती व्यक्ति पाँचथरका मिक्लाजुङ गाउँपालिका बस्ने ५० बर्षीय गंगा राई रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव उपरिक्षक हरि खतिवडाले जानकारी दिए । उनीमाथि फरक क्षमता भएकी एक बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ ।

सदरमुकाम फिदिमबाट पक्राउ गरिएका राईमाथि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक खतिवडाले बताए ।