Advertisement Ad

Advertisement Ad

फिदिममा प्रदेश स्तरीय फोटो प्रदर्शनी सुरु

२ फागुन २०८२, पाँचथर। सदरमुकाम फिदिममा प्रदेश स्तरीय फोटो प्रदर्शनी शनिबार सुरु भएको छ। फिदिम बजारको वी.पी.पार्कमा प्रदेश स्तरीय फोटो प्रदर्शनी सुरु भएको हो।

प्रदर्शनीको जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बे र फिदिम नगरपालिकाका नगर प्रमुख मित्र प्रसाद काफ्ले लगायत अतिथिहरुले उद्घाटन गरेका थिए। प्रदर्शनीमा प्रदेशका ५० उत्कृष्ट फोटोहरु राखिएका छन्।

पर्यटन कार्यालय काँकडभिट्टाको सहयोगमा फोटो पत्रकार महासंघ पाँचथरको सह–आयोजना तथा तिम्बुपोखरी मिडिया एण्ड इभेन्टको आयोजनामा सुरु भएको प्रदर्शनी आइतबार सम्पन्न हुने बताइएको छ।

प्रदेशको पर्यटन प्रबद्र्धनको लागि आयोजना गरिएको प्रदर्शनीमा फोटो पत्रकार, सञ्चारकर्मी र अन्य व्यक्तिहरुले खिचेका तस्बिर राखिएका छन्। प्रदर्शनीमा प्रथम, द्वितीय, त्रितीय र सान्तवना हुनेलाई क्रमशः नगद २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैंयाँ पुरस्कार प्रदान गरिनेछ।

प्रकृतिप्रेमी, पर्यटन अभियन्ता, सामाजिक अभियन्ता, विद्यार्थी, सञ्चारकर्मी, सर्वसाधरण लगायतले प्रदर्शनीको अवलोकन गरिरहेका छन्।