Advertisement Ad

फालेलुङ–४, सोमबारेस्थित हेंवाखोलामा डाइभर्सन निर्माण

Advertisement Ad

२१ भदौ २०८०, फालेलुङ । जिल्लाको फालेलुङ गाउँपालिका–४, सोमबारेस्थित हेंवाखोलामा डाइभर्सन निर्माण गरिएको छ ।

गत असार महिनाको सुरुवातमा भीषण बर्षासँगै आएको बाढीले त्यहाँको मोटरेवल बाटो भत्काएपछि त्यहाँका अधिकांश क्षेत्र यातायात सम्पर्कबाट बञ्चित भएका थिए । गाउँपालिकाले अप्पकालीन समाधानका लागि त्यहाँ डाइभर्सन निर्माण गरेको हो ।

डाइभर्सन निर्माणका लागि प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री कमल प्रसाद जबेगुको पहलमा पूर्वाधार विकास कार्यालय पाँचथरबाट पाँच वटा ह्युमपाइप उपलब्ध भएको फालेलुङ–५, का वडाअध्यक्ष भरत खपाङ्गी मगरले जानकारी दिए ।