Advertisement Ad

पाँचथरमा मानव बेचबिखन विरुद्धको दिवश मनाइयो

Advertisement Ad

२० भदौ २०८०, पाँचथर । सदरमुकाम फिदिममा बुधबार १७ औं राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवश मनाइएको छ ।

दिवशको अवरमा बिहान फिदिम बजारमा प्रभातफेरि निकालिएको थियो । ‘सामाजिक न्याय र आर्थिक सशक्तिकरण, मानव बेचबिखनको निर्मुलन’ भन्ने नारा सहित दिवश मनाइएको हो । दिवशको अवशरमा विभिन्न नारा सहितका प्लेकार्ड सहित जिल्ला प्रशासन कार्यालयदेखि निस्केको र्यालीले फिदिम बजार परिक्रमा गरेको थियो ।

त्यस्तै मानव बेचबिखन बिरुद्ध जनचेतना प्रवाह गर्ने उदेश्यले युगीन थिएटर फिदिमको प्रस्तुती चेतनामुलक सडक नाटक देखाइएको थियो । कार्यक्रममा जिल्लास्थित कार्यालय, राजनीतिक दल, संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, नागरिक समाजका अगुवा, पत्रकार लगायतको सहभागिता रहेको प्रमुख जिल्ला अधिकारी मेघराज मग्रान्तीले बताए ।

फोटोः दुर्गा खनाल