Advertisement Ad

गजल

Advertisement Ad

– युगल सुनुवार

दुर्भाग्य ! हामी छुट्टिए पनि, छुट्टिएको नसम्झिनु,
पुग्ने ठाउँ एउटै हो, यात्रा टुङ्गिएको नसम्झिनु ।

तिमी अब त हाम्रो भेट, कहिल्यै हुँदैन भन्छौ,
पृथ्वी गोलो छ, संसार सकिएको नसम्झिनु ।

बिछोड हुनु भनेको, सुन्दर अवशर आउनु हो,
घडी टक्क रोकिंदैमा, समय अडिएको नसम्झिनु ।

यसकारण जिन्दगीमा, कहिल्यै दुःखी नहुनु,
जिन्दगी उत्सव हो, खुसी रित्तिएको नसम्झिनु ।

फिदिम–८, पाँचथर