Advertisement Ad

भरुवा बन्दुक देखाएर ज्यान मार्ने धम्की दिने पाँचथरका एक युवक पक्राउ

Advertisement Ad

२५ भदौ २०८०, पाँचथर । घरायसी बिवादका क्रममा आफ्नै भाईबुहारीलाई भरुवा बन्दुक देखाएर ज्यान मार्ने धम्की दिएको सूचना प्राप्त भएपछि पाँचथरका एक युवकलाई प्रहरीले भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–५, फाक्तेपस्थित निगुरे बस्ने ३० बर्षीय दिपक चेम्जोङ रहेको प्रहरीले जनाएको छ । मापसे गरेका उनीसँग शुक्रबार भाई प्रेम चेम्जोङ र बुहारी भूमिका (राई) चेम्जोङबीच बिवाद भएको थियो । सोहि क्रममा उनले भरुवा बन्दुक खेदाएर बुहारी भूमिकालाई मार्ने धम्की दिएको सूचना प्राप्त भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

निजलाई प्रहरी चौकि फाक्तेपबाट खटिएका प्रहरी टोलीले भरुवा बन्दुक सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएका थिए । निजमाथि हातहतियार खरखजना सम्बन्धी कसुरमा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धा भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक दिवश कुँवरले जानकारी दिए ।