Advertisement Ad

कुशल चेम्जोङको शब्दमा ‘झुठो मात्र नबोलना, ए हजुर’ बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

Advertisement Ad

२५ भदौ, २०८० पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा जन्मिएका कुशल चेम्जोङको शब्दमा रहेको ‘झुठो मात्र नबोलना, ए हजुर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सोमबार  ओसियन म्युजिक नेपाल युटुव च्यानलमा सार्वजनिक गरिएको गितमा चेम्जोङको शब्द, ओम प्रकाश राइको सङ्गीत र सुनिता थेगिमको आवाज सुन्न सकिन्छ । अन्जान तामाङ र रुविना राईको अभिनय रहेको म्युजिक भिडियोलाई ओम प्रकाश राईले नै निर्देशन गरेका हुन । भिडियोलाई अरुन न्यौपानेले छायांकन गरेका हुन भने ओम प्रसाइले सम्पादन गरेका छन । म्युजिक भिडियोलाई सबिता नेम्वाङले निर्माण गरेका हुन ।

पछिल्लो समय रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका चेम्जोङ गित सङ्गितमा निकै सक्रिय छन । आगामी दिनमा पनि यस्तै साङ्गितिक सिर्जना ल्याउने योजना रहेको चेम्जोङ बताउछन