Advertisement Ad

५९ औँ बाल दिवसको अवसरमा फिदिम ६ सिवामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

Advertisement Ad

२९ भदौ, २०८० पाँचथर । पाँचथरको फिदिम नगरपालिका ६ सिवामा शुक्रवार हाजिरी जवाफ प्रतियोगित सम्पन्न भएको छ ।

‘बालबालिकामा लगानि सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नारका साथ नेकपा माओवादी केन्द्रको तीन महिने विशेष रुपान्तरण अभियान अन्तर्गत प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा दश वटा प्रश्नको सहि जवाफ दिँदै लालुपाते सदनबाट आशा राई प्रथम, नौ वटा पश्नको सहि जवाफ दिँदै अबया राई दोश्रो र चार वटा प्रश्नको सहि जवाफ दिँदै बाबरी सदनका सम्योक तुम्रोक भएका छन ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित फिदिम नपा वडा नं ६ का वडाध्यक्ष विपन तुम्रोकले यस्तो रचनात्मक कार्यले थप विद्यार्थीहरुलाई पठन पाठनप्रति उत्साहित बनाउने साथै विद्यालयको समस्या पहिचान गरी समाधान गर्न थप सहयोग पुग्ने बताउनुभयो । सामुदायिक विद्यालयको, शिक्षक, अविभावक र सरोकारवाला निकायको पहलबाट मात्रै सुधार गर्न सकिने तुम्रोकले बताए । यस्तै कार्यक्रममा विशेष अतिथिको रुपममा अनेरास्ववियू क्रान्तिकारी पाँचथर अध्यक्ष सन्दिप तुम्रोक, वाइसिएल पाँचथर अध्यक्ष्न गणेश तुम्रोक र अतिथिको रुपमा फिदिम नगरपालिका कार्यपालिका सदस्य कामना राई, वाइसिएल फिदिम नगरपालिका संयोजक राजेन्द्र तुम्रोक लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम नेकपा माओवादी केन्द्र फिदिम नगरपालिका ६ नम्बर वडाका उपाध्यक्ष लोकेन्द्र लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।