Advertisement Ad

प्रवाशमा रहेका कार्यकर्ता र सुभेच्छुसँग जुम मार्फत अन्तरक्रिया तथा प्रशिक्षण

Advertisement Ad

२ असोज २०८०, पाँचथर । रोजगारी अध्ययन र व्यवसायको सिलसिलामा हाल प्रवाशमा रहेका पाँचथरका नेकपा (माओवादी केन्द्र) का कार्यकर्ता र सुभेच्छुहरुसँग जुम मार्फत् अन्तरक्रिया तथा प्रशिक्षण सम्पन्न भएको छ ।

तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको शन्दर्भमा प्रवाशमा रहेका पार्टीका नेता–कार्यकर्ताको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो । उक्त अन्तरक्रिया तथा प्रशिक्षणमा पार्टी केन्द्रीय पोलिटव्यूरो सदस्य तथा प्रदेश संसदीय दलका नेता इन्द्र आङबो (मौसम), पार्टी केन्द्रीय सदस्य तथा अभियानका पाँचथर इन्चार्ज झलकसिं दर्लामी, पार्टीका जिल्ला संयोजक बिषाल रसाइली, पूर्व प्रदेश कमिटी सदस्य नवीन जबेगु लगायतको सहभागिता रहेको थियो ।

अन्तरक्रिया तथा प्रशिक्षणमा प्रवाशमा रहेका नेता, कार्यकर्ता तथा पार्टी सुभेच्छुकहरुले संगठन सुदृढिकरण, घाइते लडाकुहरुको अवस्था, प्रदेश १ को पुनःनामाङ्कनको लागि भइरहेको आन्दोलन लगायतका विषयमा चासो राखेका थिए । उठेका सवालहरुको पोलिटव्यूरो सदस्य तथा प्रदेश संसदीय दलका नेता आङबो र केन्द्रीय सदस्य तथा अभियानका पाँचथर जिल्ला इन्चार्ज दर्लामी लगायतले दिएका थिए ।

भर्चुअल माध्यमबाट गरिएको उक्त अन्तरक्रिया तथा प्रशिक्षणमा विभिन्न १५ वटा देशमा रहेका पार्टीका नेता, कार्यकर्ता र सुभेच्छुकहरुको सहभागिता रहेको हाल जापानमा रहेका पार्टी नेता सुजन आङबोले बताए ।