Advertisement Ad

संविधान दिवसको कार्यक्रममा सहभागी नहुन आदिवासी जनजाती  महासंघको आग्रह

Advertisement Ad

२ असोज, २०८० पाँचथर । नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद पाँचथरले विज्ञप्ती निकाल्दै असोज ३ गते संविधान दिवसका अवसरमा आयोजित कुनै पनि कार्यक्रममा सहभागी नहुन सदस्य संस्थाहरुलाई आग्रह गरेको छ ।

परिषदका जिल्ला अध्यक्ष सागर केरुङ र सचिव विकेन्द्र वाइवाले हस्ताक्षर गरेको विज्ञप्तीमा अधुरो र अपुरो रहेको संविधानले देशभरका आदीवासी जनजातीले उठाउँदै आएका मुद्वा सम्वोधन गर्न नसकेको उल्लेख गरिएको छ ।

पछिल्लो समय साविकको एक नम्वर प्रदेशको नामाकरणका सन्दर्भमा महासंघ सहित पहिचान पक्षधर संघ सस्थाले आन्दोलन पनि गर्दै आएका छन ।
अधुरो र अपुरो सम्विधान पुर्नलेख गरी आफ्ना माग सम्बोधन हुनुपर्ने तर्क महासंघको छ । ‘महासंघ आन्दोलनमै रहेका कारण संविधान दिवसका अवसरमा आयोजना हुने ¥याली आम सभा र जुलुस सँगै झाँकीमा समेत सहभागि नहुन र नगराउन सदस्य संस्थाहरुलाई जानकारी गराँउछौं ।’ विज्ञप्तीमा भनिएको छ ।