Advertisement Ad

संविधान दिवसको अवसरमा पाँचथर अस्पताल परिसरमा सरसफाई

Advertisement Ad

३ असोज, २०८० पाँचथर । नेकपा माओवादी केन्द्रको ३ महिने विशेष रुपान्तरण अभियान अन्तर्गत संविधान दिवसको अवसर पारेर मंगलवार विहान पाँचथर अस्पताल परिसरमा सरसफाई गरिएको छ ।

सरसफाई अभियानमा सहभागि हुनुभएका नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पुर्व प्रदेश कृषि मन्त्री झलक दर्लामीले यो अभियानले जनतासँगको सम्बन्ध अझ नजिक हुने बताए । जनताको समस्या र गुनासो सुनी समाधानको पहल गर्दै जाने बताए । त्यस्तै नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपानेले पार्टिको अभियान अन्तर्गतको सरसफाई अभियानले अस्पताल परिसरमा स्वच्छ वातावरण कायम राख्न तथा महामारीका रुपमा बढिरहेको डेङ्गु संक्रमण पनि कम गर्न सहयोग पुग्ने बताए । त्यस्तै नेकपा माओवादी केन्द्रको जिल्ला समन्वय समितिको संयोजक विशाल रसाईलीले अभियान अन्तर्गत जनताको घरघरमा पुगेर पार्टीले गरिरहेका सकरात्मक कामको जानकारी दिँदै जनताको समस्याहरु पहिचान गर्ने बताए । अस्पताल परिसर सरसफाइ कार्यक्रममा पार्टी सबै जनवर्गिय संगठनका पदाधिकारी, स्थानिय जनप्रतिनिधी र स्थानियको उपस्थिति रहेको थियो ।

नेकपा माओवादी केन्द्रले गएको भदौ १६ गतेदेखि ‘घर घरमा माओवादी, जन जनमा माओदी’ भन्ने नाराका साथ ३ महिने विशेष रुपान्तरण अभियान सुरु गरेको छ । अभियान अन्तर्गत पार्टीका नेता तथा कार्यकर्ताहरु गाउँ गाउँमा गएर जनताका कामहरु गरिरहेका छन ।