३ असोज, २०८० पाँचथर । राष्ट्रिय संविधान दिवस २०८० को अवसरमा अनेरास्ववियू (क्रान्तिकारी) पाँचथरले रक्तदान गरेको छ ।
बुधबार नेपाल रेडक्रस सोसाइटी पाँचथरमा अनेरास्ववियू (क्रान्तिकारी) पाँचथरका अध्यक्ष सन्दीप तुम्रोक सहित १० जनाले रक्तदान गरेका हुन । नेकपा माओवादी केन्द्रको ३ महिने बिशेष रुपान्तरण अभियान अन्तर्गत संबिधान दिवसको अवसरमा रक्तदान गरिएको अखिल क्रान्तिकारी पाँचथर अध्यक्ष सन्दिप तुम्रोकले बताए ।
