Advertisement Ad

अभिभावक बिहिन बनेका नाम्बिहाङ्लाई आर्थिक सहयोग

Advertisement Ad

४ असोज, २०८० पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका स्थित अमरपुर खानेपानी आयोजनामा काम गर्दागर्दै सुतेकै अवस्थामा ज्यान गुमाएका कमल लिम्बुको छोरा नाम्बिनहाङ लिम्बु लाइ आर्थिक सहयोग गरिएको छ  ।

बिहिवार नेपाल पत्रकार महासंघ पाँचथरको सभाहलमा एक कार्यक्रमको आयोजना गरि जागरण फाउण्डेसन पाँचथर र पाथीभरा ग्रुप प्रा.ली काठमाडौंले संयुक्त ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन । लिम्बु तेह्रथुम जिल्ला लालिगुरास नगरपालिका ५ घर भइ पाँचथरमा कार्यरत थिए । उनको गएको बैशाख ६ गते सुतेकै अवस्थामा ज्यान गएको थियो  । अभिभावक बिहिनी भएका २० महिने बच्चा नाम्बिनहाङ्को पठनपाठन तथा लालनपालनका लागि सहयोग गरेको पाथीभरा प्रा.ली का प्रमुख देबेन्द्र चम्लागाइले बताए  ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित फिदिम नगरपालिकाको उपमेयर राधाकृष्ण न्यौपानेले बच्चाको उज्वल भविस्यको कामना गर्दै सहयोगी संस्थालाई धन्यवाद दिए  ।

आगामी दिनमा पनि यस्तै समस्यामा परेकाहरुको सहयोगका लागि निरन्तर लागि पर्ने जागरण फाउण्डेसन पाँचथरका अध्यक्ष  प्रदीप बास्कोटाले बताए ।