Advertisement Ad

सेस घले समर्थकले गर्यो दक्षिण कोरियामा एन् आर एन् ए को नयाँ कार्य समिति निर्माण

Advertisement Ad

युगल किशोर लिम्बु, १६ असोज, २०८० सियोल । दक्षिण कोरियामा सेस घले समर्थकले एन आर एन ए को नयाँ कार्य समिति निर्माण गरेको छ ।

आइ सि आइ सि केन्द्रिय अध्यक्ष बिनोद कुवँर को विशेष आतिथ्यतामा एक कार्यक्रम गरि बिपिन गुरुङको अध्यक्षतामा नयाँ कार्य समितिको निर्माण गरिएको हो । नयाँ समितिमा अध्यक्षमा गुरुङ सहित क्रमश उपाध्यक्षमा महेश बजगाई, जित कुवर, महासचिवमा प्रशान्तराज बानियाँ, सचिवमा अवदेशराज चौरसिया लगायतका रहने गरि तेह्र सदस्यीय समिति चयन भएका हुन ।

गएको चार महिना अघि मात्रै नेपालको हायत होटेलमा भएको एन आर एन ए को केन्द्रिय अधिवेशनमा भवन भट्ट र जिबा लामिछाने समर्थकको केन्द्रिय अधिवेशनमा तीन अध्यक्षको ढाँचामा बनेको केन्द्रिय कार्य समितिलाई बिरोध गर्दै सेस घले समर्थकले छुट्टै कमिटी बनाएर बिरोध गर्दै आइरहेको थियो ।
केन्द्रिय कमिटीमा तीन अध्यक्षको असन्तुष्टिमा परराष्टले दिएको मान्यतालाई पुन यो केन्द्रिय बिधान भन्दा अलग रहेको भन्दै सेस घले पक्षले असन्तुष्ट व्यक्त गर्दै सर्बोच अदालतमा रिट हालि उक्त मुद्दा विचाराधीन रह्को थियो ।

सेस घले समर्थकले अहिलेसम्म करिब १९ देशमा नयाँ कार्य समिति निर्माण गरिसकेको छ ।