Advertisement Ad

नेपाली जनप्रगतिशील मञ्च गुन्मा–तोचिगी क्षेत्रीय कमिटीको तेस्रो अधिवेशन सम्पन्न

Advertisement Ad

१५ असोज २०८०, जापान। नेपाली जनप्रगतिशील मञ्च (एनपीपीएफ) जापान, गुन्मा–तोचिगी क्षेत्रीय कमिटीको तेस्रो अधिवेशन हालै सम्पन्न भएको छ।

अधिवेशनले बिमन किरातीको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको छ। कमिटीको सचिवमा सुजन आङबो निर्वाचित भएका छन्।

अधिवेशनको नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक रत्न ढकालले प्रमुख अतिथिको आशनबाट उद्घाटन गरेका थिए।

अधिवेशनमा संविधानसभा सदस्य तथा चौरीदेउराली गाउँपालिका काभ्रेका अध्यक्ष रेणुका चौलागाईं, एनपीपीएफ जापानका कार्यबाहक अध्यक्ष मोहन पौडेल केन्द्रीय सदस्य तथा हेप्ड डेक्स संयोजक राज पुरी लगायतको सहभागिता रहेको थियो।

सो अवशरमा नेपालको काभ्रे घर भई हालः जापान गुन्मामा व्यवसाय गर्दै आएका रोहन गिरी सहित नेकपा (माओवादी केन्द) प्रवेश गरेका चार जनालाई प्रमुख अतिथि ढकाल लगायतले पार्टीमा स्वागत गरेको नव निर्वाचित सचिव आङबोले जानकारी दिए।