Advertisement Ad

लिम्बुवान युएइ समितिको अधिवेशन सम्पन्न, भिम अधिकारी निर्वाचित

Advertisement Ad

असोज १५, काठमाडौ ।
संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका छन । आइतबार युएइको बरदुबाईस्थित सिल्भर स्पोन रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको हो । मञ्चको छैटौं अधिवेशनले अधिकारीको अध्यक्षतामा ३७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । वरिष्ठ उपाध्यक्ष बिक्रम वाजिहाङ, उपाध्यक्ष कुमार सङ्कर, उपाध्यक्ष लकि वेघा, महासचिव भिमा लिम्बू, उपमहासचिव राजेस थेबे, सचीव राम कुमार लिम्बू, सहसचिव सरिता लिङ्देन, कोषाअध्यक्ष मनिषा सुब्बा,सह कोषाध्यक्ष योगेस निङ्लेकु, प्रवत्ता लोकेन्द्र सम्बाहम्फे, सास्कृतिक बिभाग प्रमुख रस्ना सुब्बा र सास्कृतिक बिभाग उपप्रमुखमा साजन पुमा राई रहेका छन भने सदस्यहरुमा गोबिन्द कुमार लुम्फुवा, मेख योङ्हाङ, रुपा राई लिम्बू, सन्तोस माङ्देन, झर्ना सुब्बा, अम्बर फियाक, यतिम मेन्यङ्बो, नन्द यक्सो, अबिना सम्बाहाम्फे, सन्जा लिम्बू, पवन माबो, हिरा बि.क., राजु तुम्बापो, कुमार बस्नेत, खगेन्द्र कुरुम्बाङ, सुबास चन्द्र श्रेष्ठ, जीवन खादि लिम्बू, जनक मगर, टिकाराम बाजि लिम्बु, जमुना यक्सो, दिल्लिप सिङ बि.क., सुन्दर लिम्बू, पर्बता थलङ, निर्मला मेन्यङ्बो रहेका छन । अधिवेशनको उद्घाटनशत्रमा आदिवासी जनजाति महासंघ युएइ अध्यक्ष बिक्रम पन्धाक, किरात याक्थुङ चुम्लुङ युएइ अध्यक्ष कमल लावती, संघीय लिम्बुवान सामाजिक मञ्च युएइका सल्लाहकार  राम योङ्हाङ ‘बैदारे ठुले’ लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यवाहक अध्यक्ष राज थेबे ‘याम्सेसे’ को अध्यक्षतामा सम्पन्न भएको त्यहाँबाट निवर्तमान महासचिव सुरेन्द्र निङ्लेकु ‘लाजेहाङ’ले बताए ।