Advertisement Ad

Advertisement Ad

लुङधुङ टोल विकास संस्थाको छैटौं बार्षिक साधारणसभा सम्पन्न

१४ असोज २०८०, दमक। लुङधुङ टोल विकास संस्था दमक, झापाको छैटौं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ।

लुङ्धुङ टोल कार्यालयको हलमा सम्पन्न छैंटौं बार्षिक साधारणसभाबाट फुङ्मा तुम्रोकको अध्यक्षतमा विधानतः तीन सदस्यीय कार्य समिति चयन भएको छ। समितिको सचिवमा सञ्जु कुरुम्बाङ र कोषाध्यक्षमा उर्मिला कुरुम्बाङ चयन भएका छन्।

कार्यक्रममा संस्थाको हितका लागि सहयोग पुर्याउने समाजसेवीहरु सेसेमी से–नाल्बो, डिल्लीश्वर मुसाहाङ, एलबि राई र तिलक फागोलाई संस्थाले सम्मान गरेको छ। त्यस्तै समाजसेवी घनेन्द्र चेम्जोङलाई प्रशंसा–पत्र प्रदान गरेको छ।

उक्त टोलमा जम्मा ९९ घरघुरी रहेका छन्। साधारणसभाले अध्यक्षद्वारा प्रस्तुत बार्षिक प्रतिबेदन तथा कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिबेदन अनुमोदन गरेको छ। कार्यक्रममा डिल्लीश्वर मुसाहाङ द्वारा सम्पादीत ३१२ पृष्ठको टोलको स्मारिका येहाङनगर बिमोचन गरिएको थियो।

कार्यक्रम दमक नगरपालिका–१, का वडा सदस्य राजकर्ण राईको प्रमुख आतिथ्यता तथा लुङधुङ टोल विकास संस्थाका निवर्तमान अध्यक्षा याम बहादुर राईको अध्यक्षता सम्पन्न भएको थियो।