Advertisement Ad

किरात राई पत्रकार संघ धनकुटाले १६ औं स्थापना दिवश मनायो

Advertisement Ad

१४ असोज २०८०, धनकुटा। किरात राई पत्रकार संघ धनकुटा शाखाले आइतबार १६ औं स्थापना दिवस मनाएको छ।

नेपाल पत्रकार महासंघ धनकुटाको सभाहलका आयोजित कार्यक्रमको कार्यक्रमका प्रमुख अतिथि, किरात राई पत्रकार महासंघका केन्द्रीय सदस्य नरेन्द्र कश्चित राईले उद्घाटन गरेका थिए। कार्यक्रममा सञ्चारमा मातृभाषाको पहुँच विषयमा अन्तरक्रिया भएको थियो।

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का प्रदेश अध्यक्ष सन्तवीर लामा, नेपाल पत्रकार महासंघका प्रदेश उपाध्यक्ष हिमा चेम्जोङ, नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राई, किरात राई पत्रकार संघका पूर्व केन्द्रीय सदस्य टिएल राई, किरात राई पत्रकार संघ धनकुटाका सल्लाहकार विजयसन्तोषी राई, सामुदायिक रेडियोको सञ्चालकहरुको तर्फबाट बिदुर खवास लगायतले आ–आफ्नो बिचार राखेका थिए।

कार्यक्रममा बोल्ने वक्ताहरुले सञ्चारमा माृतभाषाको पहुँचको अवस्था अझै दयनीय रहेको बताएका थिए । उनीहरुले सञ्चार गृहहरु धारासायी बन्दै गएकोप्रति चिन्ता व्यक्त गरेका थिए। नागरिकहरु सुसूचित हुने अधिकारबाट बञ्चि हुन नहुने बताउदै वक्ताहरुले पत्रकारहरुको पेशागत हित सँगै सञ्चार गृहहरुको सवलीकरणका लागि पनि सोच्ने बेला आएको बताएका थिए।

सो धनकुटा नगरपालिकामा भर्खरै आएका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईलाई किरात राई पत्रकार संघ धनकुटाको तर्फबाट स्वागत समेत गरिएको थियो। कार्यक्रम किरात राई पत्रकार संघ धनकुटाका अध्यक्ष शर्मिला राईको अध्यक्षतमा सम्पन्न भएको थियो।