Advertisement Ad

पाँचथरमा किरात राई पत्रकार संघको १६ औं स्थापना दिवश मनाइयो

Advertisement Ad

१४ असोज २०८०, पाँचथर। किरात राई पत्रकार संघको १६ औं स्थापना दिवश पाँचथरमा पनि मनाइएको छ ।

किरात राई पत्रकार संघ पाँचथरले शुभकामना आदान–प्रदान गरी दिवश मनाएको हो। नेपाल पत्रकार महासंघ पाँचथरको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै किरात राई पत्रकार संघका केन्द्रीय सचिव राजकुमार इशारा राईले सञ्चारमा मातृभाषाको पहुँच बढाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा किरात राई यायोक्खा पाँचथरका अध्यक्ष गण्ेश साम्पाङ, नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष गिरिराज बाँस्कोटा लगायतले शुभकामना मन्तब्य राखेका थिए।

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पाँचथरका अध्यक्ष इवारा लिम्बू, किराया पाँचथरका पूर्व अध्यक्ष अशोक राई, किरात राई खेलकुद संघ पाँचथरका अध्यक्ष राजु राई, किरात राई विद्यार्थी संघ पाँचथरा अध्यक्ष बिशाल सिवाहाङ राई लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम किरात राई पत्रकार संघ पाँचथरका अध्यक्ष सुवाश राईको अध्यक्षतामा सम्पन्न भएको थियो।