Advertisement Ad

Advertisement Ad

ऐँठनलाई मदन पुरस्कार, जगदम्बा श्री टेकवीरलाई

१४ असोज २०८०, पाँचथर। विवेक ओझाको उपन्यास ऐँठनले २०७९ सालको मदन पुरस्कार पाएको छ।

त्यस्तै जगदम्बा श्री पुरस्कार भने टेकवीरमुखियालाई दिने मदन पुरस्कार गुठीको आइतबार सबेको बैठकले निर्णय गरेको छ।

एक बर्षभित्र नेपाली भाषामा प्रकाशित भएका कृतिमध्येबाट एउटा कृतिलाई मदन पुरस्कार प्रदान गरिन्छ। यसअघि गुठीले मदन पुरस्कारका लागि पाँच श्रेष्ठ कृति सार्वजनिक गरेको थियो।

श्रेष्ठ पाँच कृतिमा ओझाको ऐँठनसँगै द्वारीकालाल ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा, सञ्जय विष्टको माटाको घर र सुविन भट्टराईको इजोरिया परेका थिए।

मदन पुरस्कार र जगदम्बा श्री दुबै पुरस्कारको राशी समान दुई–दुई लाख रुपैंयाँ रहेको छ।