Advertisement Ad

फिदिमका दुई दर्जनबढी युवा नेकपा (माओवादी केन्द्र) मा प्रवेश

Advertisement Ad

१६ असोज २०८०, पाँचथर। तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियान चलिरहेको बेला मंगलबार पाँचथर सदरमुकाम फिदिम–१, माथिल्लोगाउँका दुई दर्जनबढी युवाहरु नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।

नेकपा (माओवादी केन्द्र) फिदिम नगर कमिटीले सदरमुकामस्थित होटल सगुनमा आयोजना गरेको कार्यक्रममा युवाहरु नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका हुन्। उनीहरुलाई पार्टीका प्रदेश कमिटी अध्यक्ष हर्क बहादुर नेम्बाङ (मिक्सो) ले अबिरजात्रा गरी पार्टीमा स्वागत गरेका थिए।

नेकपा (माओवादी केन्द्र) ले उठाएको भ्रष्टाचार विरुद्धको अभियान र देशको विकास र पहिचान लगायतका पक्षमा लिएका राम्रा नीतिका कारण आफूहरु स्वतःस्फूर्त रुपमा पार्टी प्रवेश गरेको नवप्रवेशी युवाहरुले प्रतिक्रिया दिएका छन्।

कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) का प्रदेश कमिटी अध्यक्ष नेम्बाङ, पाँचथर जिल्ला समन्वय समिति संयोजक विशाल रसाइली लगायतले सम्पूर्ण सर्वहारावर्गको मुक्तिका लागि गोलबद्ध भएर अघि बढ्नुपर्ने बताएका थिए ।

नेकपा (माओवादी केन्द्र) का प्रदेश, जिल्ला तथा पालिका, वडा र विभिन्न जनवर्गीय कमिटीका नेता–कार्यकर्ताहरुको सहभागिता रहेको कार्यक्रम पार्टीका फिदिम नगर कमिटी अध्यक्ष देवी थापाको अध्यक्षतामा सम्पन्न भएको थियो।