Advertisement Ad

झापालाई २-१ गोलले पराजित गर्दै किराँत गोल्डकपको उपाधि मोरङलाई

Advertisement Ad

२३ मंसिर, २०८० पाँचथर । फिदिममा सम्पन्न प्रथम वाईवाई अन्तर्राष्ट्रिय आमन्त्रित किराँत गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको डाँगीहाट फुटबल क्लबले जितेको छ । फिदिम माविको मैदानमा शनिबार भएको उपाधि भिडन्तमा झापाको बिर्तामोड युनाईटेड फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै मोरङले उपाधि कब्जा गरेको हो ।

उपाधि जितेसँगै मोरङले चार लाख चार हजार चार सय ४४ रुपैँया नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपबिजेतामा चित्त बुझाएको बिर्तामोडले दुई लाख दुई हजार दुई सय २२ रुपैँया नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको । प्रतियोगिताको बिजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक, पूर्वाधार तथा योजना मन्त्री कमल प्रसाद जबेगुले पुरस्कार प्रदान गरे ।

फाइनल खेलमा मोरङको जितका लागि सञ्जय धिमाल र उमेश राईले गोल गरे । झापाका योगेश गुरुङले सान्तवना गोल फर्काएका थिए । खेलको ११ औँ मिनेटमा मोरङका सञ्जयले सुरुवाती गोल गरेका थिए । पहिलो हाफको अतिरिक्त समयमा मोरङका उमेशले थप गोल गरेर जितलाई पक्का गरे ।

झापाको सान्तवनाका लागि दोस्रो हाफको अतिरिक्त समयमा योगेस गुरुङले गोल फर्काएका थिए । खेलको अन्तिम समयमा निकै आक्रम खेलको झापाले थप स्कोर गर्न नसक्दा मोरङले उपाधि कब्जा गरेको हो ।

फाइनल खेलको म्यान अफ दी म्याच झापाका प्रदिप बुढाथोकी घोषित भए । उनले पाँच हजार नगद पुरस्कार प्राप्त गरे । उदयमान खेलाडीको रुपमा आयोजक पाँचथर फुटबल क्बलका शुकराज राई पुरस्कृत बने । उनले १० हजार नगद पुरस्कार प्राप्त गरे ।

मोरङका प्रमिजय गच्छदार उत्कृष्ट गोल रक्षकको रुपमा पुरस्कृत बने । मोरङका उमशे कार्की उत्कृष्ट मिडफिल्डरको रुपमा पुरस्कृत बने । मोरङका राजन लिम्बू उत्कृष्ठ प्रशिक्षकको रुपमा पुरस्कृत बने । उनीहरुले समान १० हजार नगद पुरस्कार प्राप्त गरे ।

खेल अवधिभर तीन गोल गरेका मोरङका सञ्जय धिमाल सार्बाधिक गोलकर्ताको रुपमा पुरस्कृत बने । उनले १५ हजार नगद पुरस्कार प्राप्त गरे । मोरङका अभिशेक लिम्बू म्यान अफ दी टुनामेन्टको रुपमा पुरस्कृत बने । उनले २५ हजार नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा जम्मा आठ टिमले सहभागिता जनाएका थिए । जिल्लामा सार्बाधिक पुरस्करा राशिको यो प्रतियोगिता पाँचथर फुटबल क्लबका अध्यक्ष अनुराग केप्छाकी मागरको अध्यक्षतामा सम्पन्न भएको हो ।