Advertisement Ad

Advertisement Ad

किरात गोल्डकपको फाइनल आज, उपाधिका लागि झापा र मोरङ भिंड्दै

२३ मंसिर २०८०, पाँचथर। सदरमुकाम फिदिममा जारी प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्डकपको फाइनल खेल आज (शनिबार) हुँदैछ।

फिदिम खेलमैदानमा दिउँसो २ः३० बजेदेखि हुने उपाधी भिंडन्तका लागि झापाली टोली बिर्तामोड युनाइटेड क्लव र मोरङको डाँगीहाट फुटवल क्लव (डीएफसी) तयार छन्। आजको खेलमा दुबै टोली नतिजा आफ्नो पक्षमा पार्दै जारी प्रतियोगिताको पहिलो च्याम्पियन टोलीको रेकर्ड राख्न चाहन्छन्।

प्रतियोगिताको पहिलो सेमीफाइनलमा घरेलु मैदानमा आयोजक पाँचथर फुटवल क्लवलाई रोक्दै फाइनल प्रवेश गरेको डीएफसी उपाधि चुम्ने लक्ष्य सहित मैदान उत्रिनेछ। उता प्रतियोगितामा सहभागि एक्लो ‘ए’ डिविजन क्लव हिमालयन शेर्पालाई पाखा लगाएर सेमीफाइनल प्रवेश गरेको ताप्लेजुङलाई निरास पार्दै फाइनल यात्रा तय गरेको बिर्तामोड उच्च मनोवलमा छ।

दुबै टोलीसँग अनुवभी र युवा दुबै खेलाडि छन्। त्यसैले फाइनल खेल निकै प्रतिश्पर्धात्मक र रोमाञ्चक हुने अनुमान गरिएको छ। प्रतियोगिताको विजेताले नगद ४ लाख ४ हजार ४४४ रुपैंयाँ र उपविजेताले नगद २ लाख २ हजार २२२ रुपैंयाँ प्राप्त गर्ने आयोजक पाँचथर फुटवल क्लवले जनाएको छ।