२९ मंसिर २०८०, पाँचथर। जनता समाजवादी पार्टी (जसपा) पाँचथरको पुनर्गठन सम्पन्न भएको छ।
सदरमुकाम फिदिममा बिहीबार जसपा नेपाल जिल्ला कार्य समिति पाँचथरको पुनर्गठन गरिएको हो। समितिको अध्यक्षमा लक्ष्मणलाओती चयन भएका छन्। उपाध्यक्षमा भरत राई र कमलराज नेम्बाङ, सचिवमा सुवास तुम्बापो काङसोरे, सह–सचिवमा भावना इङवासुब्बा, कमल हाङसरुम्बा र कोषाध्यक्षमा कुलबहादुर लावती सहित ५३ सदस्यीय जिल्ला कार्य समिति चयन भएको हो।
कार्यक्रममा प्रमुख अतिथि, जसपा नेपालका केन्द्रीय सल्लाहकार डा. महेन्द्र लावतीसँगै केन्द्रीय सदस्य राजेन्द्र कुमार जबेगू, मचिन्द्रबेघा, केन्द्रीय लेखा समिति सदस्य दिलेन्द कुरुम्बाङ, जसपा नेपाल लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष जेन्टल लावती, मुख्यसचिव केदारधिमाल लगायतले नवगठित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए।
जसपा नेपालले गत असारमा आफ्नो विधान अधिवेशन सकाएपछि पार्टी सुढृडीकरण तथा बिस्तार अभियान अन्तर्गत देशैभरीका सबैपालिका, जिल्ला लगायत सबै सांगठनीक तहहरुको पुर्नगठन तिव्र रुपमा गरिरहेको बताईएको छ ।
