Advertisement Ad

शायल र अमृताको स्वरमा ‘खै त मेरो कुरा बुझेको’ भिडियोमा

Advertisement Ad

२९ मंसिर २०८०, काठमाडौ। गायक शायल हेल्लोक लिम्बू र अमृता लिम्बूद्वारा स्वरबद्ध ‘खै त मेरो कुरा बुझेको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

डी.पी.खनालको शब्द, शंकर थापा स्माइलको संगीत र विश्व अधिकारीको एरेञ्ज रहेको उक्त गीतमा शायल र अमृताले युगल स्वर दिएका छन्। उक्त गीतको भिडियोलाई शायल अफिसियल युट्युब च्यानल मार्फत् हालै सार्वजनिक गरिएको हो।

युवराज वाइबाको निर्देशन, प्रमोद भण्डारीको कोरियोग्राफ, निशान पौडेलको सिनेमेशनग्राफ र विकाश दाहालको सम्पादन रहेको भिडियोमा बिनोद न्यौपाने र अमृता लिम्बू आफैंले मोडलिङ गरेका छन्।

भिडियोलाई धेरैले रुचाएका छन् ।

भिडियोः