Advertisement Ad

Advertisement Ad

ओली सहभागि हुने आमसभामा साँस्कृतिक झाँकि सहित सहभागि नहुन नेफिन अध्यक्षको आग्रह

२९ मंसिर २०८०, पाँचथर। नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा शनिबार फिदिममा हुने आमसभामा साँस्कृतिक झाँझि सहित उपस्थित नहुन नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय समिति पाँचथरका अध्यक्ष सागर केरुङले आग्रह गरेका छन्।

केरुङले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै जिल्लास्थित आदिवासी जनजातिजन्य संघ–संस्थाहरुलाई यस्तो आग्रह गरेका हुन्। ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को क्रममा शनिबार फिदिममा आमसभा आयोजन हुने भएको छ। त्यसलाई अध्यक्ष केरुङले पहिचान र आदिवासी जनजाति बिरोधीको संज्ञा दिएका छन्।

यद्यपी, नेकपा एमालेले आमसभालाई भब्य बनाउने तयारी गरेको छ। सभामा १२ हजार मानिसको सहभागिता हुने समेत नेकपा एमालेले दाबि गरेको छ। शनिबार फिदिमको आसभापछि आइतबार चिवाभञ्ज्याङमा संकल्प यात्राको समापन गरिने नेकपा एमालेले जनाएको छ।