Advertisement Ad

मुलुकको समृद्धिका लागि एमालेको एकल सरकार आवस्यक भएको ओलीको भनाई

Advertisement Ad

३० मंसिर २०८०, पाँचथर। पूवप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि नेकपा एमालेको एकल सरकार आवस्यक रहेको बताएका छन्।

‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत शनिबार पाँचथर सदरमुकाम फिदिममा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यसका लागि आगामी चुनाब पर्खिनु परेको बताए। मुलुकले समृद्धि हाँसिल गर्न २०८४ मा हुने निर्वाचनमा एमाले एक्लैले सरकार बनाउने गरीको बहुमत आवस्यक रहेको भन्दै ओलीले त्यसको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिए।

समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय चाहना एमालेको नेतृत्वमा मात्र सम्भव रहेको पनि ओलीले दोहोर्याए। सदरमुकामस्थित फिदिम खेलमैदानमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा ओलीले राष्ट्रिय गौरवको तमोर जलाशययुक्त जलविद्युत आयोजनालाई मूर्त रुप दिनुपर्ने बताए। ओलीले ताप्लेजुङको घुन्सा र मध्यपहाडी लोकमार्गको पूर्वी विन्दु चिवाभञ्ज्याङलाई आर्थिक नाकाको रुपमा बिकास गर्न सकिने पनि बताए।

गठबन्धन सरकार असफल भइसकेको टिप्पणी गरेका ओलीले पार्टी–पार्टी बीचमा फरक मतहरु रहनु स्वभाविक भएको उल्लेख गर्दै छलफल र संवादका माध्यमबाट समस्याको समाधान खोजेर अघि बढ्नुपर्ने बिचार पनि व्यक्त गरे। सन्देश सभालाई सम्बोधन गर्नुअघि ओलीले पुष्पलाल मदन भण्डारी बहूउदेश्यीय भवनको उद्घाटन गरे। उक्त भवनमा नेकपा एमाले पाँचथरको पार्टी कार्यालय रहने नेकपा एमाले पाँचथरले जनाएको छ।

प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले आह्वान गरेको यातायात बन्दका बावजुद कडा सुरक्षा व्यवस्थाबीच संकल्प यात्रा अन्तर्गत सन्देश सभा फिदिममा सम्पन्न भएको हो। शनिबार बिहानैदेखि सदरमुकाम फिदिममा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति देखिएको थियो। सभामा पाँचथरसँगै छिमेकी जिल्ला तेह्रथम, ताप्लेजुङ, इलाम र झापा लगायत जिल्लाका नेता–कार्यकर्ता सहभागि थिए।

मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको संकल्प यात्रा विद्यमान समस्याहरुको पहिचान र समाधानका उपाय खोज्नका लागि भएको नेकपा एमालेले जनाएको छ। संकल्प यात्रामा दुई सय बढी केन्द्रीय नेता सहित अन्य नेता–कार्यकर्ताको सहभागिता रहेको जनाइएको छ। नेपाल–भारत सीमावर्ती क्षेत्र मध्यपहाडी लोकमार्गको उद्गम विन्दु याङवरकको चिवाभञ्ज्याङमा पुगेर आइतबार संकल्प यात्राको समापन हुने नेकपा एमाले पाँचथरका प्रचार विभाग प्रमुख तुलसी क्षितिजले बताए।