Advertisement Ad

Advertisement Ad

फिदिम नगरकप शुक्रबारदेखि, उद्घाटन खेलमा आयोजक स्वतन्त्र क्लव र आरडिएफसी इलाम भिंड्दै

१२ पुस २०८०, पाँचथर। फिदिम–७ रानीटारमा शुक्रबारदेखि पाँचौं संस्करणको फिदिम नगरकप फुटवल प्रतियोगिता सुरु हुँदैछ। स्थानीय बराजु रङ्गशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक स्वतन्त्र क्लवले आरडिएफसी इलामसँग खेल्नेछ।

प्रतियोगिता अन्तर्गत पुस १४ गते योङ व्वाइज साखेजुङ इलामले शनिश्चरे एफसी झापाको सामना गर्नेछ। पुस १६ गते तुर्केनी एफसी झापा र एनएलएफसी पाँचथर आमने–सामने हुनेछन्। सोहि दिन हुने प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा पाँचथर एफसीले अर्जुनधारा एफसी झापाको सामना गर्नेछ।

प्रतियोगिताको विजेताले नगद १ लाख ८० हजार रुपैंयाँ प्राप्त गर्ने आयोजक स्वतन्त्र क्लवका अध्यक्ष बल बहादुर गुरुङले बताए।