Advertisement Ad

Advertisement Ad

काठमाण्डौको बालकुमारीमा प्रहरीको गोली लागेका एक अन्दोलनकारीको मृत्यु

१३ पुस २०८०, काठमाडौ। बालकुमारीमा कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएको भन्दै युवाहरुले गरेको आन्दोलनमा प्रहरी गोली लागेका एक जनाको मृत्यु भएको छ।

गोली लागेपछि उपचारका लागि किष्ट अस्पताल लगिएका २३ बर्षीय सुजन राउतको मृत्यु भएको हो। अर्को एकजना गम्भिर घाइते भएका छन्। उनको पाटन अस्पतालमा उपचार भइरहेको बताइएको छ।

प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेको प्रहरी प्रवक्ता कुबेर कडायतले बताए। स्थिति तनाबपूर्ण बनेपछि नियन्त्रणमा लिन गोली चलाउनु परेको बताइएको छ।