Advertisement Ad

Advertisement Ad

सुम्हात्लुङ टाइम्सको प्रधान सम्पादकमा तामाङ

१३ पुस २०८०, पाँचथर। माङ्गेन्ना मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल पत्रिका सुम्हात्लुङ टाइम्स को प्रधान सम्पादकमा रामचन्द्र तामाङ नियुक्त भएका छन्।

तामाङलाई कम्पनीको बैठकको निर्णय अनुसार शुक्रबार प्रधान सम्पादक नियुक्त गरिएको माङ्गेन्ना मिडिया प्रा.लि.का अध्यक्ष सन्देश सुब्बाले जानकारी दिए।

एक दशकभन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील तामाङले यसअघि सुम्हात्लुङ एफ.एम.को स्टेशन म्यानेजर भएका काम गरिसकेका छन्।

पाँचथरको फिदिमबाट सञ्चालित सुम्हात्लुङ टाइम्सले अनलाइन पोर्टलसँगै युट्युब र फेसबुक पेज मार्फत् पनि समाचार, सूचना र बिचार लगायतका सामग्री प्रवाह गरिरहेको प्रबन्धक अर्जुन तुम्बापोले बताए।

नवनियुक्त प्रधान सम्पादक तामाङले सामाजिक उत्तरदायीत्व सहितको व्यवसायीक पत्रकारिताको मर्म अनुसार बद्लिंदो विश्व परिस्थितिमा नागरिकको सूचनाप्रतिको भोक मेटाउन निष्ठापूर्वक काम गर्ने बताएका छन्।